मङ्सिर ४ गते हाम्रो आँगनमा आइसक्यो। त्यस दिन हामी सबै नेपाली नागरिक एकदिने राजनीतिज्ञ हुन्छौं । हाम्रो काँधमा मुलुकको भाग्य र भविष्य कसलाई सुम्पने भन्ने निर्णय गर्ने जिम्मेबारी छ। यदि हामीले यो जिम्मेबारी विचार पुर्याएर बहन गरेनौं भने मुलुक चौपट हुने खतरा छ। यस अर्थमा यो गम्भिरहुने घडी हो। यतिबेला हामीले उम्मेदवार भन्दा पनि नीतिलाई हेरेर निर्णय गर्नु पर्छ। उम्मेदवार जतिसुकै राम्रो भए पनि यदि उसको पार्टीको नीति राम्रो छैन भने तेस्तालाई भोट दिनुको के अर्थ ? हामीले देख्यौं , अघिल्लो संबिधानसभामा नेपाली काँग्रेस बाट नरहरि आचार्य र गगन थापा पनि सभासद थिए , तर के उनिहरुले आफ्नो पार्टीको नीतिमा कुनै प्रभाव पार्न सके ? वा यसो भनौं के उनीहरुले आफ्नो पार्टीको नीति भन्दा फरक गएर निर्णय गर्न सके ? यी दुइ त प्रतिनिधि पात्र मात्र हुन्। यो जसका बिसयमा पनि लागु हुन्छ।
अतः मेरो बिचारमा हामीले भोट हाल्दा निम्न बिषयमा ध्यान पुर्याउन जरुरि छ -
१. प्रतिस्पर्धी पार्टीको नीति तथा चुनावी घोषणा वा प्रतिबद्धतापत्र। किन कि कुनै पनि पार्टीले भोलि तेसैका आधारमा संबिधानसभामा भूमिका खेल्ने हो। जस्तो नीति तेस्तै निर्णय हुन्छ भन्ने नभुलौं।
२. यदि हामी संघीयता , धर्मनिरपेक्षता र राज्य निर्माणको दूर दृष्टि का आधारमा मतदान गर्न चाहन्छौं भने यस बिषयमा जुन पार्टीको अडान स्पस्ट लाग्छ तेसैलाई भोट हाल्नु पर्छ।
३. यदि हामी लोकतान्त्रिक स्थाइत्व चाहन्छौं भने ति पार्टीलाई भोट हालौं जो प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छन्। संसदबाट चुनिने कार्यकारीको पक्षपोषण गर्ने पार्टीलाई रोज्नु भनेको यो मुलुकलाई अस्थिरताको भुवरिमा पार्नु हो। प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गर्ने प्रमुख पार्टी भनेका एकिकृत माओबादी, एमाले , मधेसी जनअधिकार पार्टी नेपाल र नेमकिपा हुन्।
४. समानुपातिकमा भोट हाल्दा झनै विचार पुर्याउन जरूरी हुन्छ। एक भोट त हो बिचरा यो पार्टीलाई हल्दिउन भन्न हुन्न। उदाहरंका लागि- यदि हामी गणतन्त्र , संघियता र धर्मनिरपेक्षताका पक्षपाती हौँ भने हामीले राप्रपा नेपाललाई प्रत्यक्ष को कुरै छाडौं समानुपातिकमा पनि भोट दिनहुदैन।
४. प्रमुख राजनीतिक पार्टीहरुले हिजो गल्ति गरे भनेर राजतन्त्रको वोकालत गर्ने गाइछाप पार्टी लाई भोट दिनु भनेको राजनीतिक हाराकिरी गर्नु हो। मोटर चड्दा दुर्घटना हुन्छ भनेर के कोहि लामो यात्रा गोरुगाडामा गर्न चाहन्छन ? यो त इतिहासको पांग्रालाई पछाडि घचेड़ने कदम ठहरिन्छ। अस्तु।

No comments:
Post a Comment