अन्ततः सबै संसय र आशंकालाई चिर्दै संबिधानसभाको दोस्रो चुनाव अभूतपुर्ब रूपमा सम्पन्न भयो। एक थरि कालो कोटधारी हरु र नागरिक समाजका ठेकदार हरु रेग्मीको नेतृत्वमा सरकार गठन हुँदा पहाडै खस्नेभो भनि कोकोहोलो मच्चाई रहेका थिए तर तिनको मुखमा बुजो लाग्नेगरी प्रचण्ड मतदानका मध्यम द्वारा जनताले जवाफ दिए। तिनको कानुनी राज्य , शक्ति पृथकीकरण र अरु के के हो लाई भुत्लोभांग केहि भएन त। वाहियात हरु !!!!!
जसले जति सिट जितोस् 'बाल मतलब '. मेरा लागि त लिकबाट उत्रेको राजनीतिक प्रक्रिया पुनः लिकमा आउनु नै महत्वपुर्ण कुरा हो। हो , सरकार बन्न समय लाग्ला , राजनीतिक दलहरुका माझमा पुनः हानाथाप होला , पदका लागि सौदाबाजी होला। तर यी सबका बीच नया जनादेश द्वारा शक्तिको बैधनिकिकरण त हुन्छ। प्रमुख राजनीतिक दलहरुले संबिधान निर्माणका बिषयमा निर्णयको जुन सिद्धान्तमा सहमति गरेका छन तेसका आधारमा के भन्न सकिन्छ भने अब संबिधान लेखन धेरै टाढा छैन। यसको मतलब संबिधान लेखन अब' केकवाक'हो भन्ने होइन। कुरा कति मात्रै हो भने जति सुकै लेनदेन, मोलमोलाई , र गतिरोध देखिए पनि अब संबिधानसभा अनिर्णयको बन्दि बन्नेवाला छैन। यो प्रक्रियामा जान्छ र जब प्रक्रियामा जान्छ निर्णय त भैहाल्छ।
यो चुनाबले बैद्य माओबादीको राजनीतिक हिसाब किताबलाई पनि उदाङ्ग पारिदियो। जनताले तिनका बम बारुद र धाक धम्कीको परवाह नगरी जुन साहसका साथ मतदान गरे त्यो सलामीयोग्य छ।
यो समय प्रतेक नेपालीले एक अर्कालाई बधाई दिने समय हो।
बधाई बधाई बधाई !!!!!