Tuesday, November 16, 2021

 एमाले कति लोकतान्त्रिक ?

 

ad

 

आक्रमण नै प्रतिरक्षाको सर्वोत्तम विधि हो भन्ने नीति वाक्य यदि कसैमा हुबहु मिल्छ भने त्यो एमालेकै हकमा मिल्छ किनकि, त्यस पार्टीका सर्वोच्च नेता केपी ओली यतिवेला जुन उग्रताका साथ सत्तारुढ गठबन्धनविरुद्ध धारेहात लाउँदै छन् र विषबमन गर्दै छन्, कमसेकम त्यसले त यही पुष्टि गर्छ हुन पनि एक संसदीय कार्यकालमै केन्द्रमा एमाले जुन प्रचण्ड बहुमतको सरकारबाट अल्पमतमा पतन हुँदै हठात् सत्ताच्यूत भएर गल्लीमा पुग्यो आफ्नो नेतृत्वमा रहेका चारैवटा प्रदेश सरकारहरू एकपछि अर्को गर्दै हेर्दाहेर्दै धराशयी भए, त्यो समकालीन विश्व राजनीतिमै विरलै घटित हुने घटना हो नेपाली राजनीतिमा महाचतुर नेताको छवि बनाएका केपीजीको योभन्दा ठूलो हुस्सुपना राजनीतिक पतन अर्को हुन सक्दैन 

विरोधी राजनीतिक शक्तिहरूविरुद्ध ठाउँ कुठाउँ फायर खोल्ने मात्र नाइ अनर्गल र आधारहीन आरोपका बाण वर्षाजस्ता नकारात्मक युक्तिले मात्र आफ्ना कार्यकर्तालाई लामो समय इङ्गेजराख्न र तिनको ऊर्जालाई बचाएर राख्न सकिँदैन भन्ने उनले बुझेकै छन् त्यसैले, एउटै महाधिवेशनबाट पार्टीको विधान एवं नीति र कार्यक्रम मात्र होइन, नेतृत्व पनि चयन गर्न सकिने जान्दाजान्दै एमालेले दुई महिनाको अन्तरालमा किन दुई महाधिवेशन आयोजना गर्ने सोच बनायो ? अहिलेसम्म एउटै महाधिवेशनबाट पुगिरहेको अवस्थामा आखिर किन दुई महाधिवेशनको फुर्माइसी ? के आठौँ महाधिवेशनमा पार्टी विधानमा व्यापक परिवर्तन गरी बहुपदीय संरचनामा जाँदा अनि तदनुरूप नेतृत्वको निर्वाचन गर्दा पहाडै खसेको थियो र ? वस्तुतः यसो गर्नुको पछाडि लुकेको अजेन्डानै कार्यकर्तालाई हतोत्साहित हुनबाट जोगाउनु र तिनलाई जसरी भए नि व्यस्त राख्नु हो 

यतिवेला पार्टी सञ्चालनका दौरान आफ्ना दम्भी र अमाक्र्सवादी व्यवहार एवं चिन्तनका कारण पार्टी फुटेको कुरालाई ढाकछोप गर्न र फुटपरस्तहरू स्वयं बाहिरिए, अब पार्टी एकढिक्का रहिरहन्छ भन्ने भाष्यलाई स्थापित गर्न अनेक हतकन्डा प्रयोग गरिँदै छ जस्तो कि आउँदो मंसिरको १० देखि १२ गतेसम्म चितवनमा हुनगइरहेको दशौँं महाधिवेशनमा प्रतिनिधि निर्वाचनको पूर्वसन्ध्यामा केपी ओलीद्वारा जारी सन्देशलाई नै लिऊँ आफ्नो सन्देशमा उनी भन्छन्– ‘लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो, प्रतिस्पर्धा मात्र होइन

उनी थप भन्छन्– ‘उच्च समझदारीसाथ आआफ्ना प्रतिनिधि छनोट गर्न हार्दिक आह्वान गर्छुउनका यी कथनबाट के बुझिन्छ भने उनलाई यतिवेला प्रतिस्पर्धासँग एलर्जी त्यसैले उनी आफ्ना कार्यकर्तालाई प्रतिनिधि निर्वाचन (इलेक्सन) गर्न होइन, छनोट (सेलेक्सन) गर्न भन्दै छन् जब कि निर्वाचन प्रतिस्पर्धात्मकता नै लोकतन्त्रको प्राण हो अझ एउटा कम्युनिस्ट पार्टीमा विचार नेतृत्वका लागि लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यास गर्ने थलो भनेकै महाधिवेशन मानिन्छ जनवादी केन्द्रीयताको सार भनेकै निर्णय गर्ने वेलामा जनवाद निर्णय भएपछि कार्यान्वयनमा जाँदा केन्द्रीयता हो राय बझाउने एवं वैकल्पिक विचार नेतृत्वका लागि जनवादको अभ्यास गर्ने लो नै महाधिवेशन हो त्यहीँ जब कार्यकर्ता यो अवसरबाट वञ्चित हुन्छन्, अनि तिनले जनवाद पाउने कहाँ ? र अभ्यास गर्ने कता ? फेरि एमालेले अंगीकार गरेको परम्परागत नौलो जनवाद हो र ? यो त मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद हो त्यहीँ प्रतिस्पर्धालाई निषेध गरिन्छ र सर्वसम्मतिको डन्डा चलाइन्छ भने लोकतन्त्र कहाँ खोज्ने

अहिले अध्यक्ष केपी ओलीबाटै निःसृत सर्वसम्मतिको लोकतान्त्रिक (?) डन्डाको आतंक यति डरलाग्दो छ कि जिल्लाजिल्लाका पार्टी कार्यकर्ता चुमुक्क परेर आफ्नो महाधिवेशन प्रतिनिधि बन्ने चाहनालाई त्याग्न बाध्य छन् महाधिवेशन प्रतिनिधि छनोटमा देखिएको यो सन्नाटा पार्टीको पाँचौँ महाधिवेशनयता कहिल्यै देखिएको थिएन बडे केपीको सह पाएर जिल्ला जिल्लाका छोटे केपीहरूको दादागिरी भनिसाध्य छैन यसको पुष्टि त्यही पार्टीका केन्द्रीय सदस्य एवं सांसद झपट रावलको ामाजिक सञ्जालमा व्यक्त यो विचारबाट हुन्छ, जहाँ उनी भन्छन्–‘पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग कार्यकर्ता चुन्ने चुनिने सार्वभौम अधिकारको चीरहरण, जबजको उपहासहुन त गंगोत्रीमै गंगा दूषित भएपछि महाधिवेशन प्रतिनिधि निर्वाचनमा स्वच्छता खोज्नुको के अर्थ ?

अध्यक्ष केपी ओली विवादको जड नै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र त्यसका नेता थिए भन्छन् अतः जब ती बाहिरिए अबको महाधिवेशनपछि एमाले विवादरहित पार्टी बन्नेछ भन्ने भाष्य निर्माण गर्न खोज्दै छन् योभन्दा अवैज्ञानिक अमार्क्सवादी सोच अरू कुनै हुन सक्दैन पार्टी भएपछि त्यसमा विचार समूहहरू हुन्छन्, हुन्छन् तिनीहरूमाझमा मतमतान्तर पनि हुन्छ, हुन्छ अन्तर्विरोधविहीन पार्टीको कल्पना कुनै कम्युनिस्टले गर्नै सक्दैन एउटा परिवारमा विवाद हुन्छ, मतमतान्तर हुन्छ भने सात लाख पार्टी सदस्य भएको संस्थालाई विवादरहित बनाउँछु भन्नु हास्यास्पद कुरा हो हो, ती विचार समूह र तिनीहरूबीचको मतमतान्तर र अन्तर्विरोधलाई ह्यान्डलगर्न जान्नुपर्‍यो त्यसैमा नेतृत्वको खुबी परीक्षण हुन्छ पार्टी सत्ताको प्रयोग पार्टीभित्रका अन्तर्विरोध चर्काउन गर्ने कि समाधान गर्नका लागि ? यो अहिलेको अहं प्रश्न हो 

तर, यतिवेला सर्वसम्मतिलाई उच्चतम लोकतान्त्रिक अभ्यास हो भन्ने भाष्य निर्माण गर्नु केपीजीको आवश्यकता र बाध्यता दुवै हो आवश्यकता यस कारण हो कि महाधिवेशनमा निर्वाचनबाट नेतृत्व चयन हुने खण्ड आएमा उनको पार्टीमा माओवादीबाट आएका नवप्रवेशीहरू निर्वाचित हुनेछैनन् र तिनको पत्तासाफ हुनेछ आफूलाई विपत्तिमा साथ दिएकाहरूलाई उनी चटक्कै साथ छाड्न तयार छैनन् , बाध्यता यस कारण छ कि सर्वसम्मति भएन भने आफूले चाहेकाहरूलाई मात्र नेतृत्वमा ल्याउन र उनले आफूसँग राय बझाउन आँट गर्नेहरूलाई माइनसगर्न सम्भव हुँदैन 

ओलीको सर्वसम्मतिको लोकतान्त्रिक (?) डन्डाले एउटा संगीन प्रश्न उठाउँछ, सातौँ महाधिवेशनदेखि पार्टीभित्र निरन्तर आन्तरिक लोकतन्त्रको माग गर्ने र त्यसकै रटान गर्ने उनी आफू नेतृत्वमा पुगेपछि किन त्यही आन्तरिक लोकतन्त्रलाई निषेध गर्दै छन् ?

तर, यहाँ पनि अध्यक्ष केपी ओली समस्यारहित छैनन् हो, उनलाई अध्यक्ष पदमा सार्थक ढंगले टक्कर दिने यतिखेर पार्टीमा कोही छैन दशबुँदेका सहउत्पादनमध्येका एक डा. भीम रावलको अध्यक्षमा उठ्ने कथन पनि घुर्कीभन्दा अघि बढ्ने छाँट देखिँदैन तर, समस्या उनका आफ्नै पूर्वकोटरीको आकांक्षा व्यवस्थापनमै देखिन्छ वरिष्ठ उपाध्यक्ष पद एउटा आकांक्षी एकभन्दा बढी छन् अझ महासचिवको अवस्था पनि त्यति नै जटिल आगामी महाधिवेशनपछि एमालेमा पार्टी सचिवालयको महत्व बढ्ने हुँदा त्यो जादुमय १५ भित्र अटाउन चाहनेको चाहना व्यवस्थापन स्वतः चुनौतीपूर्ण छ 

केपीजीको सर्वसम्मतिको लोकतान्त्रिक (?) डन्डाले अर्को एउटा संगीन प्रश्न उठाउँछ त्यो के भने सातौँ महाधिवेशनदेखि पार्टीभित्र निरन्तर आन्तरिक लोकतन्त्रको माग गर्ने त्यसकै रटान गर्ने उनी आफू नेतृत्वमा पुगेपछि किन त्यही आन्तरिक लोकतन्त्रलाई निषेध गर्दै छन् ? यदि साँच्चै पार्टीका तल्ला तहका अधिवेशनहरूमाझैँ महाधिवेशनमा समेत लोकतान्त्रिक अभ्यास निषेधित भयो भने त्यसलाई कसरी बुझ्ने ? के यसको अर्थ पार्टीभित्र आन्तरिक लोकतन्त्रको माग फगत आफू पार्टीको सर्वोच्च नेतृत्वमा पुग्ने एउटा सुनियोजित हतकन्डा मात्र थियो ? यतिवेलाको उनको उक्तिबाट त यही निष्कर्ष निष्कन्छ यो प्रकारान्तरमा भन्ने हो भने जर्मनीमा लोकतान्त्रिक विमर संविधानका आधारमा चुनाव जितेका हिटलरले आफू सत्तामा पुगेपछि चुनाव नै निषेध गरेजस्तै नाजीवादी सोच भएन ?

यी र यस्ता अन्य आकलनको जाँच हुन अब केही दिन मात्र बाँकी छ महाधिवेशनमा लोकतान्त्रिक अभ्यासबाट सक्षम नेतृत्व आओस् एमालेको नैया पार लगाओस् भन्ने कामना ।यो आलेख टुंग्याउनुअघि भन्नैपर्ने के हो भने केपीजीले भनेजस्तै १३ महिनापछि हुने आमनिर्वाचनमा एमालेले बहुमत ल्याएर सत्तारुढ हुने म्भावना एक प्रतिशत पनि छैन यो फगत कार्यकर्तालाई ढाडस दिनका लागि गरिएको दाबी मात्र हो एमालेको बहुमत नआउने स्पष्ट केही कारण छन्

पहिलो, नेपालको समकालीन इतिहासमा विभाजित पार्टीले आमनिर्वाचनमा बहुमत ल्याएको एउटा पनि दृष्टान्त छैन दोस्रो, समनानुपातिकसहितको यो मिश्रित निर्वाचन पद्धतिमा कुनै एक पार्टीले बहुमत ल्याउँछ भन्नु झुटको खेती गर्नु मात्र हो, यो कुनै हालतमा सम्भव छैन तेस्रो, छँदाखाँदाको बहुमतको सरकार चलाउन नसक्ने पार्टीलाई मतदाताले पुनः बहुमत दिने गल्ती किन गर्छन् ?

रह्यो बहुमत नल्याए पनि गठबन्धनका माध्यमबाट सरकारको नेतृत्व गर्ने कुरा त्यो सम्भावना पनि किन क्षीण भने निर्वाचनमा पहिलो हुने पार्टी कांग्रेसले एमालेसँग कुनै हालतमा गठबन्धन गर्नेछैन त्यसपछिका अन्य पार्टीहरू चाहे माओवादी हुन् वा एकीकृत समाजवादी वा जनता समाजवादी वा लोकतान्त्रिक समाजवादी कोही पनि एमालेसँग सहकार्यमा आउने सम्भावना छैन सम्भावना भने फगत राष्ट्रिय प्रजातन्त्र पार्टीको त्यतिले मात्र एमालेलाई सत्तासीन गराउन सक्दैन अतः एमालेका कार्यकर्ताले पनि के बुझ्न जरुरी भने अबको निर्वाचनपछि पनि एमाले बस्ने भनेको प्रतिपक्षमै हो  अहिलेको जस्तो गाईजात्रे होइन, बरु एउटा जिम्मेवार प्रतिपक्षको भूमिकाका लागि तयार हुन एमालेलाई शुभकामना!
 https://www.nayapatrikadaily.com