कुराकाे शुरुआत स्वयम् प्रधानमन्त्रीकाे दम्भ कार्यशैली र गुटप्रियताका कारण पार्टी भित्र चाैतर्फी घेरावन्दी भएपछि र उनकाे राजीनामा सम्मकाे माँग भएपछि त्यसबाट उम्कन उनले बाेलेका कुराबाट भयाे । मदन भण्डारी जन्म जयन्तिका अवसरमा आयाेजित कार्यक्रममा बाेल्ने सिलसिलामा प्रधानमन्त्री ओलीले आफूलाइ अपदस्थ गर्न भारत लागिपरेकाे र त्यसमा आफ्नै पार्टीका नेताहरु पनि समेत सामेल भएकाे आराेप लगाए । अझ त्यस कार्यमा दूतावास समेत क्रियाशील रहेकाे भन्न भ्याए । एक तीरले दुइ शिकार गर्ने अभिप्रायले बाेलेकाे कुरा नै उनका लागि गलपासाे भयाे । एका ितर यसले पार्टी भित्रका असन्तुष्ट नेताहरुलाइ झन भड्कायाे भने आफ्नाे असक्षमताकाे दाेष सीमा बिवादका कारण पहिले देखि तनावपूर्ण सम्बन्ध बनेकाे भारतकाे टाउकाेमा हाल्दा द्विपक्षीय सम्बन्धमा थप जटिलता उत्पन्न भयाे । प्रधानमन्त्रीकाे तहबाट यस्ताे गैरकूटनीतिक अभिव्यक्ति साँच्चै अकल्पनीय नै हाे । तर यतिबेला यही दुर्भाग्य नै हाम्राे नियति भएकाे छ ।
कुराकाे अन्त्य त्यहीँ भएन । भानु जयन्तिकाे अवसरमा मन्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले अर्काे मूर्खतापूर्ण अभिव्यक्ति दिए । राेचक कुरा के भने यस पटक पनि उनकाे निशानामा फेरि भारत नै पर्याे । विद्वताले लवालव भरिएका ओली महाेदयकाे मुखारविन्दबाट के हुकुम भयाे भने रामकाे जन्म भारतकाे अयाेध्यामा हाेइन नेपाल कै ठाेरी नजिककाे अयाेध्यापुरीमा भएकाे हाे । याे बाेल्दा उनले दुइ वर्ष अघि जनकपुरमा भारतका प्रधानमन्त्री माेदी र आफूले जनकपुरबाट सम्युक्त रुपले जनकपुर अयाेध्या बससेवाकाे उद्घाटन गरेकाे हेक्का पनि राखेनन् । रामजन्मभूमि र बावरि मस्जिद बिवादकाे लामाे श्रिङ्खलाबाट गुज्रेकाे भारतका हिन्दूहरुले त्यहाँकाे सर्वाेच्च अदालतकाे फैसलाबाटबल्ल बल्ल त्राण पाएकाे अवस्थामा तिनमाथि के असर पर्ला भन्ने सम्म हेक्का राखेनन् ।
स्थिति कतिसम्म हास्यास्पद भयाे भने प्रधानमन्त्त्रीकाे कथनले पुर्याएकाे क्षति न्यून पार्न परराष्ट्र मन्त्रालयले वक्तव्य निकाल्नु पर्याे । शायद यसैलाइ भन्छन् कुकुरले पुच्छर हल्लाउनु पर्ने ठाउँमा पुच्छरले कुकुर हल्लाएकाे भनेर ।
घरेलु माेर्चा विदेश नीतिकाे माेर्चा सरकारकाे माेर्चा पार्टीकाे माेर्चा सर्वत्र असफल सावित भएका प्रधानमन्त्री ओलीबाट याे मुलकले छुटकारा कहिले पाउने हाे कुन्नि
बस्तुत याे असफलताले प्रधानमन्त्री ओलीलाइ मात्र वा नेकपालाइ मात्र असर गर्ने भए यी भर्सेलैमा परुन् सम्म पनि भन्न सकिन्थ्याे हाेला । यसले त सम्विधान र त्यसले बाेकेका सघीयता गणतन्त्र समावेशिता जस्ता मान्यताहरु धराशायी हुने र समग्र मुलुककै भाग्य र भविष्य दाउमा रहेकाले चिन्ता गर्नु परेकाे हाे । अस्तु ।